पोखरा । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आइसिएस इन्टरनेशनलले पोखरामा ब्रान्च खोलेको छ । पोखराको चिप्लेढुंगास्थित सावित्री भवनको दोस्रो तलामा ब्रान्च खुलेको हो । ब्रान्चको औपचारिक उद्घाटन अप्रिल ५ (चैत २२ गते) आइतबार हुने सञ्चालक पद्मा अधिकारीले जानकारी दिइन् ।
ब्रान्चको उद्घाटनसँगै ‘फाइनान्सियल रोड सो’ कार्यक्रम पनि हुने जनाइएको छ । आइतबार एक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ब्रान्चमै कार्यक्रम हुनेछ । विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको अधिकारीले जानकारी दिइन् ।
काठमाडौंको पुतलीसडकमा प्रधान कार्यालय रहेको आइसिएसले पोखरामा नवौं शाखा स्थापना गरेको हो । अष्ट्रेलिया, युके, क्यानडा, युएसए, जर्मनी र दुबईका विभिन्न युनिभर्सिटी तथा कलेजहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी आइसिएसले सेवा प्रदान गरिरहेको छ । पोखरा तथा आसपासका विद्यार्थीलाई आइसिएसको सेवाले सहजता प्रदान गर्ने अधिकारीको विश्वास छ ।





Comments are closed.