आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्नेलाई हस्पिटलाईजेशन सुबिधा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन लिमिटेड, फ्रन्ट लाईन हस्पिटलबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन, फ्रन्ट लाईन हस्पिटलका क्लिनिकल अध्यक्ष डा. योगेश न्यौपानेले हस्ताक्षर गरेको हुन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म फ्रन्ट लाईन हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशन सुबिधा प्राप्त गर्न सकिनेछ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन, फ्रन्ट लाईन हस्पिटलले आफ्ना ग्राहकलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेका छन् ।

अस्पताल र अस्पतालसँग आवद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सकिने हुनाले ढुक्कले सेवा लिन उनको अनुरोध छ । क्लिनिकल अध्यक्ष डा.योगेश न्यौपानेले अस्पतालसँग सन्तुष्ट ग्राहकको संख्यामा वृद्धि हुँदै गएको बताए ।

कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमश सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराएका छन् ।

 

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.