अनुपालन सम्बन्धी सेमिनार सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनुपालन सम्बन्धी सेमिनार आयोजना गरेको छ । बल्थली भिलेज रिसोर्ट, काभ्रेपलान्चोकमा कम्पनीका उच्च व्यवस्थापनको रोहवरमा कम्पनीका ७ वटै प्रदेशका प्रमुखहरु, विभागीय प्रमुखहरु, काठमाडौं उपत्यकाभित्रका शाखा प्रबन्धकको लागि सेमिनार गरेको हो ।

कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, शाखा प्रबन्धकलाई अनुपालन सम्बन्धी सहजिकरण गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हरेक शाखा, प्रदेश तथा विभागीय प्रमुखले आफ्नो दैनिक काम कारवाही गर्दा कम्पनीका नियमक निकायले दिएको निर्देशन, ऐन नियम, कानून र उच्च व्यवस्थापनबाट समय समयमा जारी हुने परिपत्र समेतको पालना गरी ग्राहकलाई सेवा प्रदान गर्नुपर्ने बताए ।

श्रेष्ठले सबै विभागीय प्रमुख मार्फत कर्मचारीलाई तथा प्रदेश प्रमुख मार्फत शाखाका कर्मचारीलाई दैनिक रुपमा हरेक कार्य गर्दा तयार गर्नुपर्ने ग्राहक पहिचान, ऐन, नियम, निर्देशन तथा परिपत्रको पालना गरेर मात्र कार्य गर्न निर्देशन दिएका छन् ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.