आइएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याब एण्ड डाग्नोस्टिक सेन्टरबीच छुट सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर (Kuthmandu Path Lab and Diagnostic Centre Pvt. Ltd.)बीच छुट सम्बन्धी सम्झौता भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर प्रालिबीच सेवा प्रदान गर्ने सम्झौता भएको हो । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरकका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात यस इन्स्योरेन्सका कर्मचारी, शेयरधनी तथा ग्राहकलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर प्रालि महाराजगंज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त गर्नेछन् ।

jutta mela

यस सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा  इन्स्योरेन्स का नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर प्रालिसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

You might also like

Comments are closed.