आइएमई जनरल इन्स्योरेन्स र ईशान बाल तथा महिला हस्पिटलबीच सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ईशान बाल तथा महिला हस्पिटल प्रा.लि (Ishan Children and Women’s Hospital Pvt. Ltd)बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ईशान बाल तथा महिला हस्पिटल प्रालिका हस्पिटल डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म इसान बाल तथा महिला हस्पिटल प्रालिका हस्पिटलबाट नगदरहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले ईशान बाल तथा महिला हस्पिटलले आफना ग्राहकहरुलार्ई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख (IGI Medical Insurance Policy)खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखिन् । साथै उनले अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्न सक्नेहुनाले ढुक्क भएर सेवा लिन आव्हान गरिन् ।

You might also like

Comments are closed.