आइएमई जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

काठमाडौं ।  आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५ औं साधारण सभाबाट प्रस्तावित लाभांश पारित भएको छ ।

माघ ९ गते काठमाडौंको लाजिम्पाटमा रहको होटल लि हिमालयमा सोमबार सम्पन्न भएको इन्स्योरेन्सको २५ औं साधारण सभाले प्रस्तावित लाभांशलाई पारित गरेको हो ।

साधारण सभाले हाल कायम चुक्तापूँजी १ अर्ब ७० करोड १६ लाख ५१ हजारको आधारमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५३ लाख ७३ हजार ६३६ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

jutta mela

आज बसेको साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरू लाभांश पाउन योग्य छन् ।

You might also like

Comments are closed.