कर्पोरेट पाहुनाकोलागि सुबिधा थप्दै आईएमई ग्रुपको ‘द लेकसाइड रिट्रिट’

पोखरा  । आईएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ ।

सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेजसहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताको सेमिनार हल, स्विमिङपुल बार, १५ जना क्षमताको क्लोज मिटिङ हल लगायतका सुबिधा थपिएको रिसोर्टका अपरेसन म्यानेजर मनमोहन रिमालले बताए ।

पहिले नै स्विमिङपुल, स्पा लगायतका सुबिधा प्रदान गरिरहेको रिसोर्टमा कर्पोरेट क्षेत्रलाई प्राथमिकतामा राखि काम गरिएको र अन्य आवश्यक पर्ने सेवाहरू पनि थप्ने क्रममा रहेको रिमालले बताए ।

MANASLU

हरियाली सहित करिब ९ रोपनीमा रहेको रिसोर्ट प्रकृतिक, शान्त वातावरणमा रहेको हुँदा मिटिङ, सेमिनार र रिफ्रेसमेन्टका लागि निकै लाभदायी हुने बताइएको छ ।

आईएमइ ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले हस्पिट्यालिटी चेनको रुपमा नेपालका विभिन्न ठाउँमा छिट्टै नयाँ होटल तथा रिसोर्टहरु सञ्चालनको तयारीमा रहेको बताइएको छ ।

You might also like

Comments are closed.