आइएमई लाइफको खुद नाफामा ९६.१४ प्रतिशतले बृद्धि

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमास सम्ममा कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ९६.१४ प्रतिशतले बढेको हो ।

गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार खुद नाफा गरेको थियो । चालू आर्थिक वर्षको त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १२.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११.२० प्रतिशत बढी हो ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १५ करोड ३५ लाख रुपैयाँ र संचित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ७४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २७ पैसा छ ।

jutta mela

आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा कलाकारद्वय गिरी र निरौला नियुक्त

 

You might also like

Comments are closed.