आई.एम.ई. लाइफद्वारा १ करोड रुपैयाँ बीमांक रकम भुक्तानी

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमांक रकम बराबरको रकम भुक्तानी गरेको छ । कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट मिति २०७६/०३/३१ मा जीवन बीमा गरेका बीमितको मिति २०७८/०३/१५ गते उपचारका क्रममा प्रदेश नं. ०३ ललितपुर भैंसिपाटी स्थित नेपाल मेडिसिटी हस्पिटलमा मृत्यु भएको थियो ।

बीमितलाई  कोरोना भाईरसको लक्षण देखा परे पश्चात प्रथम पटक मिति २०७८/०२/२२ मा प्रदेश नं. ०१, विराटरनगरस्थित नोवल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.मा उपचार गराईएको र त्यहाँ उपचारको सम्भव नभए पश्चात मिति २०७८/०२/३० गते हेलिकप्टरबाट ललितपुरस्थित नेपाल मेडिसिटीमा ल्याइएको थियो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रम माझ बीमितले इच्छाइएको व्यक्ति निजकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका गरे । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयसोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए ।

You might also like

Comments are closed.