आई.एम.ई.लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ ।

रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउंदछ ।
कम्पनीले आफ्ना लगानीकर्ताहरु तथा सम्पूर्ण हितकारीहरुको सुरक्षाको निम्ति आफ्ना जोखिमहरुलाई न्युनीकरण गर्दै लगेको समेत यस रेटिङ्गले थप पुष्टि गर्छ ।

आगामी दिनहरुमा पनि कम्पनीले आफ्ना परिसूचकहरु अझ सशक्त गर्दै लैजाने कुरामा कम्पनी अझै प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीले १४० वटा शाखा कार्यिलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आईरहेकोे छ । साथै कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् ।

jutta mela

कम्पनीले नविनतम सेवा उपलब्ध गराउंदै जाने क्रममा कम्पनीको वेब साइड Website र मोवाइल एपस Mobile Apps मा राखिएको च्याटवोट Chatbot मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुंने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमई बैक, आइएमई गु्रप लगायत ठुला प्रतिष्ठीत व्यवसायिक समुहहरुको लगानी रहेको छ ।

 

You might also like

Comments are closed.