आईएमई लाइफ इन्स्योरेन्सका एक सिओटीसहित ३४ एमडिआरटि सम्मानित

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्ताहरु मध्ये सन् २०२३ का लागि एक सिओटीसहित ३४ जना एमडिआरटी सम्मानित भएका छन् ।

कम्पनिले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनिहरुलाई सम्मान गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कम्पनीलाई यहाँसम्म पुर्‍याउने एमडिआरटिलाई सम्मानित गर्न पाउदा गौरवान्वित महसुस गरेको बताए ।

काम गर्न दृढ संकल्प भएमा जस्तो सुकै परिस्थितिमा काम गर्न सकिने उनले बताए । कम्पनीको समय सापेक्ष बजार नीतिका कारण सम्पूर्ण अभिकर्ताहरु उत्प्रेरित हुनुले अहिलेको विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताहरुले उपलब्धी हासिल गरेको कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यले बताए ।

एमडिआरटि अर्थात मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडिआरटि एक विदेशी संस्था हो । जहाँ ७२ देशका ५ सय कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु सहभागी हुन पाउँछन् ।

यस संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थामार्फत तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताहरुले सहभागी हुन पाउने व्यबस्था रहेको छ ।

You might also like

Comments are closed.