काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा कार्यक्रम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।
जसअन्तर्गत २७ गते आईतबार देखि १ गतेसम्म वृक्षारोपण, बीमा साक्षरता, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण, विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रम सम्पन्न गर्ने जनाएको छ ।
आईतबार कम्पनीले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ३० स्थित ग्रीनपार्क, कञ्चनपुरको शुक्लाफाट नगरपालिका ९ स्थित बृन्दाबन सामुदायिक बन, कर्णाली प्रदेश, सल्यानको शारदा नगरपालिका १ छाँपडाडा तथा बाँकेको कोहलपुर ८ स्थित सितलछाँया सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
Comments are closed.