आईएमई लाइफ इन्स्योरेन्सको दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत फुँयाल नियुक्त

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ ।

कम्पनीको सञ्चालक समितिको गत साउन १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस प्रमुख कार्यकारी अधिकृत फुँयाललाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरिएको हो ।

सो निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरी स्वीकृती प्राप्त भएको छ ।

lcci
You might also like

Comments are closed.