पोखरा । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुखमा मिन क्षेत्री नियुक्त भएका छन् । प्रदेश प्रमुखमा नियुक्त भएसंगै क्षेत्रीले कार्यभार सम्हालेका छन् ।
सन् २००९ को जनवरीबाट सूर्य लाइफ इन्स्योरेन्सबाट प्रवेश गरेका थापाले विभिन्न पदमा रहेर इन्स्यारेन्स कम्पनीमा काम गरेको अनुभव बटुलेका छन् । बीमा क्षेत्र आफूले जानेको र बुझेको हुँदा बीमा क्षेत्रलाई सधैं प्राथमिकतामा राख्ने गरेको उनले बताए ।
जनतासामु बीमाको पहुँच पु¥याउने सोँचका साथ आइएमई लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको उनले बताए । करिव डेढ दशक लामो साबिक सूर्य लाइफ इन्स्योरेन्स हुँदै हाल सूर्यज्योती लाइफ इन्स्योरेन्सबाट राजीनामा गरी उनी आइएमई लाइफमा जोडिएका हुन् ।
Comments are closed.