आइ.एम.इ.लाइफ इन्स्योरेन्सले रु. ६० करोडको आइपिओ निष्काशनका लागि पायो ट्रिपल बि रेटिङ

काठमाडौं । आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउछ ।

कम्पनीले रु. ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भएसँगै अब कम्पनीको प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले १२० वटा शाखा कार्यालयबाट बिमीतहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ ।

कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ छन् । कम्पनीले नविनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेससाइट र मोबाइल एप्समा राखिएको च्याटबोट मार्फत बीमित तथा अभिकर्ताहरुका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरु प्रदान गर्दै आएको छ ।

आइ.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्न लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आइएमइ बैंक, आइएमइ गु्रप लगायत ठुला प्रतिष्ठित व्यावसायिक समूहहरुको लगानी छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

You might also like

Comments are closed.