पोखरा ।
विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नयाँ संचालक नियुक्त गरेको छ ।
संस्थाको मिति २०७८/०४/२१ गते बसेको संचालक समितिको १४० औं बैठकले ग्लोबल आइएमई बैँक लिमिटेडको प्रतिनिधि संचालकको रुपमा अनामिका कुँवरलाई नियुक्त गरेको हो ।
वित्तीय संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा छ । लगानीमा रहिरहेको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको, निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ र १ लाख २६ हजार ९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
Comments are closed.