काठमाडौं । आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा.लिबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पे श्रीयोग डटकमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।
श्रीयोग डटकमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो । श्रीयोग डटकमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।
फेब्रुअरी ८ देखि संचालन भएको यो सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुँदै जाने दुवै कम्पनीले विश्वास लिएका छन् ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो ।
२० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।
Comments are closed.