काठमाडौं । आजबाट आइएमई पे र खल्ती वालेटले एकीकृत कारोबार सुरु गरेका छन् ।
यी दुई संस्था एकिकरण (मर्ज) भएपश्चात् ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ । आइएमई पे र खल्ती वालेट एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन् ।
यो एकीकरणसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंक डेपुटी गभर्नर बमबहादुर मिश्रले नयाँ टिमलाई कम्पनीको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
Comments are closed.