आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड अम्बासडरमा मनिषा कोइराला

 

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । तीन वर्षको लागि उनी नियुक्त भएकी हुन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित बीमा कम्पनी हो । मनिषा कोइरालाको सहकार्यले कम्पनीेको प्रबद्र्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । ‘नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको विषय हो,’ उनले भने ।

jutta mela

नेपाली बीमा बजारमा उत्कृष्ट सेवा प्रदान गर्दै निरन्तर अगाडि बढिरहेको र आगामी दिनमा कम्पनीले प्रदान गर्ने सेवामा परिस्कृत गर्दै उच्च कोटीको सेवा सहित डिजिटलको माध्यमबाट सेवामा विविधता ल्याइने श्रेष्ठले बताए ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लागेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने कोइरालाले प्रतिबद्धता व्यक्त गरेको नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

You might also like

Comments are closed.