काठमाडौं । इनड्राइभले काठमाडौंमा आफ्नो ‘राइड्स फर गोल्स‘ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ । यस अभियानको प्रमुख उद्देश्य पब्लिक विद्यालयका खेलमैदानको पुनःनिर्माण तथा स्तरोन्नति गर्नु र विद्यार्थीलाई खेलकुद गतिविधिमा सक्रिय रुपमा सहभागी गराउँदै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा टेवा पुर्याउनु हो ।
यस क्याम्पेनमार्फत विद्यालयका खेलमैदानलाई आधुनिक र सुरक्षित बनाउन सहयोग गरिएको हो । विद्यार्थीलाई खेलकुदप्रति रुचि बढाउने, टीमवर्कको भावना विकास गर्ने र स्वास्थ्य जीवनशैली अपनाउन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ । अंग्रेजी ‘मे‘ महिनाभरि सञ्चालन गरिएको यस अभियानको माध्यमबाट, प्रत्येक तेस्रो राइडको भाडाको १० प्रतिशत रकम ,चयन गरिएका पब्लिक प्राइमेरी विद्यालयको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीहरू उपलब्ध गराउन खर्च गरिएको थियो ।
यस अभियानले विद्यार्थीको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले निम्न महत्वपूर्ण कार्यहरूमा प्रत्यक्ष सहयोग पुगेको छ । विद्यालयका खेलमैदानको पूर्वाधार मर्मत तथा संवद्र्धन गरिएको छ । जसले गर्दा बालबालिकाका लागि सुरक्षित, सफा र रमाइलो खेल तथा मनोरञ्जनको वातावरण निर्माण भएको छ । बालबालिकालाई सानै उमेरदेखि खेलकुदमा संलग्न गराउने र शारीरिक गतिविधिप्रति रुचि बढाउने हेतुले बास्केटबल, फुटसल, ब्याडमिन्टन र्याकेट लगायतका स्पोट्र्स किटहरू वितरण गरिएको छ ।
इनड्राइभ एपीएसी कम्युनिकेसन लिड पावित नन्दा आनन्दले ‘राइड्स फर गोल्स’अभियानले विद्यालयका बालबालिकालाई स्वस्थ र सकारात्मक वातावरणमा खेल्न सहयोग गरेर उनीहरूको सम्पूर्ण विकासलाई प्रत्यक्ष समर्थन पुर्याउने बताइन् । इनड्राइभ एशिया प्यासिफिक क्षेत्रका रिजनल डाइरेक्टर मार्क टोलीले यो पहल खेलको माध्यमबाट प्रत्येक बालबालिकालाई अवसर, रमाइलो, र विकासको पहुँच सुनिश्चित गर्ने दिशातर्फको एक महत्वपूर्ण कदम रहेको बताए ।
‘राइड्स फर गोल्स’ इनड्राइभकोे उद्देश्यसँग गहिरोसँग जोडिएको छ । जसले सामाजिक समानता प्रवद्र्धन गर्ने र सेवायुक्त तथा विकासशील क्षेत्रमा सकारात्मक योगदान दिने लक्ष्य राखेको छ । यसका क्याम्पेन मार्फत इनड्राइभले स्कूल बालबालिकाको भौतिक तथा मानसिक विकासमा जोड दिएको छ र समुदायको भविष्य निर्माणमा पनि आफ्नो सक्रिय भूमिका पुष्टि गरेको छ ।
Comments are closed.