इनड्राइभको ब्राण्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’ सार्वजनिक

काठमाडौं । इनड्राइभले नेपालका लागि ब्राण्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन ‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’ पनि सार्वजनिक गरेको छ ।

यो क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा कम्पनीको मूल विश्वासलाई प्रतिविम्बित गर्दछ । क्याम्पेनले इनड्राइभको पियर–टू–पियर मोडेललाई केन्द्रीय अवधारणा बनाएको छ । प्रयोगकर्ताले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्छन् ।

यस सिस्टमले बराबरी, सम्मान र सहमतिको वातावरण सृजना गर्दै प्रत्येक यात्राको केन्द्रमा स्वतन्त्रताको अधिकार स्थापित गर्छ । इनड्राइभ एपमार्फत यात्रुले आफ्नै प्रस्तावित भाडा राख्न वा उपलब्ध चालकको अफरमध्ये गाडीको मोडेल, चालकको रेटिङ, र गाडी आउन लाग्ने समयका आधारमा छनोट गर्न सक्छन् । यसले यात्रु र चालक दुवैका लागि पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ ।

स्वस्तिमा खड्का यस क्याम्पेनको ब्राण्ड एम्बासडर बनेसँगै इनड्राइभले नेपाली दर्शक, विशेषगरी स्वतन्त्रता, मौलिकता र सशक्तीकरण चाहने युवावर्गसँग आफ्नो सम्बन्ध नजिक बनाउने लक्ष्य राखेको छ । इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले ‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’ ले इनड्राइभका प्रमुख मूल्यहरू, स्वतन्त्रता, समानता र समुदायलाई जोडेको बताए ।

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले इनड्राइभ सधैं समुदायलाई सशक्त बनाउने र वास्तविक रोजाइको स्वतन्त्रता दिने पक्षमा रहँदै आएको बताइन् । ब्राण्ड एम्बेसडर अभिनेत्री स्वस्तिमा खड्काले इनड्राइभ नेपालको क्याम्पेनमा ब्राण्ड एम्बेसडरको रूपमा जोडिन पाउँदा खुशी लागेको बताउँदै निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म इनड्राइभ रहेको बताइन् ।

नेपालमा आफ्नो सेवा र सामुदायिक संलग्नता विस्तार गर्न प्रतिबद्ध रहेकाले आर्थिक अवसर, फेयर मोबिलिटी र सबैका लागि रोजाइको स्वतन्त्रता इनड्राइभले सुनिश्चित गर्दछ ।

You might also like

Comments are closed.