इनड्राइभको ‘राइड मोर, विन मोर’ क्याम्पेनको विजेता घोषणा

काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले ‘राइड मोर, विन मोर’ अभियानका विजेतालाई पुरस्कार प्रदान गरेको छ । यो अभियान आफ्नो दैनिक यात्रामा इनड्राइभ प्रयोग गर्ने नियमित प्रयोगकर्तालाई पुरस्कृत गर्न सञ्चालन गरिएकामा प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गरेर आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गरेका थिए ।

इनड्राइभको वृद्धि हुँदै गैरहेको समुदाय र कम्पनीप्रतिको बलियो विश्वास र संलग्नतालाई प्रतिबिम्बित गर्दै काठमाडौंका अत्यधिक प्रयोगकर्ताहरू क्याम्पेनमा सहभागी रहेको जनाइएको छ । इनड्राइभमार्फत कम्तीमा ३ राइड पूरा गर्ने यात्रुहरू स्वचालित रूपमा लक्की ड्रमा प्रवेश गरेका थिए, जसले उनीहरूलाई विशेष पुरस्कारहरू जित्ने र इनड्राइभसँग आफ्नो दैनिक यात्रा मनाउने असीमित अवसरहरू प्रदान गरेको थियो ।

क्याम्पेनको मुख्य आकर्षणमा १० जना भाग्यशाली विजेताले ब्राण्ड–न्यू याडिया ई८एस प्रो इलेक्ट्रिक स्कुटर जित्न सफल भएका थिए भने र ३० जना विजेताले अल्टिमा वाच सर्कल स्मार्टवाच जितेका थिए । इनड्राइभकी नेपाल रिप्रेजेन्टेटिभ रीता पोखरेलले यो क्याम्पेनमा हाम्रा प्रयोगकर्ताको अत्यधिक सहभागिता देखेर उत्साह थपिएको बताइन् ।

यस क्याम्पेनको साथ इनड्राइभले स्थानीय नेपाली समुदायसँगको आफ्नो सम्बन्धलाई बलियो बनाउने कार्य जारी राखेको छ । यसको पियर–टु–पियर मूल्य निर्धारण मोडेल मार्फत यात्रु र चालक दुवैलाई निर्णय गर्ने स्वतन्त्रता दिन्छ र प्रत्यक राइडमा पारस्परिक सम्मान र निष्पक्षता प्रतिबिम्बित होस् भनेर सुनिश्चित गर्दछ ।

You might also like

Comments are closed.