इन्ड्राइभले नेपालमा लन्च गर्यो नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा

काठमाडौं । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले यात्रुलाई थप आरामदायी, प्रिमियम राइड विकल्प उपलब्ध गराउने उद्देश्यले नेपालमा आफ्नो नयाँ ‘इन्ड्राइभ कम्फटर्‘ फिचर सुविधा सुरु गरेको छ ।

यात्राको अनुभव बढाउन डिजाइन गरिएको इन्ड्राइभ कम्फर्ट सुविधाले यात्रुहरूलाई परिष्कृत सुविधाहरू सहितको प्रिमियम लेभलका सवारी साधनमा यात्रा गर्न सहज बनाउँछ । कम्फोर्ट सवारीहरू उच्च गुणस्तरका सवारी साधनहरू र उच्च स्तरको सेवा प्रदान गर्न समर्पित तथा हाइरेटिङ्ग गरिएका ड्राइभरका साथ यात्रा गर्न खोज्नेका लागि उपयुक्त छ ।

नयाँ सुविधासँगै नेपाली यात्रुले अब थप आरामदायी र सुविधाजनक यात्राको आनन्द लिन इन्ड्राइभ कम्फर्ट राइडहरू रोज्न सक्नेछन् । इन्ड्राइभ साउथ एशियाका सिनियर मार्केटिङ म्यानेजर अविक कर्माकारले इन्ड्राइभमा ग्राहकको आवश्यकता पूरा गर्न सुविधाजनक वा थप कम्फोर्ट सवारी विकल्पहरू प्रदान गर्न नयाँ ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा ल्याएको बताएका छन् ।

इन्ड्राइभ कम्फोर्ट फिचरको बारेमाः
इन्ड्राइभ कम्फर्ट श्रेणीका सबै सवारी साधनहरू उत्कृष्ट अवस्थामा रहेका छन् । रमाइलो यात्राका लागि वातानुकूलित छन् । यसले काठमाडौंको भीडभाड हुने ट्राफिकमा पनि सहजै यात्राको सुनिश्चित गर्दछ । इन्ड्राइभ कम्फर्ट कारहरूमा इन्टेरियर सफा हुने हुँदा यात्रुहरुलाई सहज र रमाइलो यात्रा प्रदान गर्दछ ।

इन्ड्राइभ कम्फर्ट सवारीमा सेडान–क्लासका गाडीहरू समावेश रहेका छन, जसले यात्रुलाई थप ठाउँ र सुविधाको अतिरिक्त क्लास प्रदान गर्दछ । एक्लै यात्रा गर्दा होस वा साथीहरू वा परिवारसँग, यात्रुहरूले आरामको लागि प्रशस्त लेगरुम पाउनेछन् । इन्ड्राइभ उचित र पारदर्शी मुल्य निर्धारण गर्न प्रतिबद्ध रहेको छ । इन्ड्राइभ कम्फर्ट सुविधामा पनि उस्तै रहेको छ । यात्रुहरूले अब फराकिलो इन्टेरियर, गुणस्तरिय गाडी र थप सुविधाका साथ प्रिमियम सवारी अनुभवको आनन्द लिन सक्छन् ।

इन्ड्राइभ कम्फर्ट सुविधा सहरी यात्राको सामान्य तनावबाट मुक्त मात्र नभएर आरामदायी यात्रा गर्नेका लागि डिजाइन गरिएको हो । अधिक लेगरुम, सहज ड्राइभिङ अनुभव, र टप रेटिङ्ग गरिएका ड्राइभरका साथ, यात्रुहरूले एक उत्कृष्ट सवारीको आनन्द लिन सक्नेछन् । इन्ड्राइभ कम्फर्ट राइड सुबिधाले यात्रुका लागि छनोटको अर्को तह थपेको छ । जसले अब आफ्नो यात्रा आवश्यकताको आधारमा स्ट्याण्डर्ड सवारी र प्रिमियम इन्ड्राइभ कम्फर्ट अनुभवहरू बीच छनोट गर्न सक्नेछन् ।

यो सुविधा उच्च मूल्याङ्कन कायम राख्ने र प्रिमियम सवारी साधन चलाउने चालकका लागि पनि लाभदायक रहेको छ, जसले उनीहरूलाई इन्ड्राइभ कम्फर्ट राइडरमार्फत थप आम्दानी गर्ने अवसर प्रदान पनि गर्दछ । पवित नन्दा आनन्द, एशिया प्यासिफिक कम्युनिकेसन्स लीड, इन्ड्राइभले भनिन, ‘हामी चालक र यात्रु दुवैलाई आफ्नो प्राइस रोज्ने स्वतन्त्रता दिएका छौं’ ।

You might also like

Comments are closed.