काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा दुर्घटना बीमा सुरुवात गरेको छ । यस पहलले चालक र यात्रुलाई अप्रत्याशित दुर्घटनाका घटनामा वित्तीय सुरक्षासहितको सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।
सम्झौता पत्रमा इनड्राइभ नेपालका कम्पनी रिप्रिजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेको छ । यस सम्झौता अनुसार, चालक वा यात्रुको कुनै दुर्घटनाका कारणले मृत्यु भएमा रु.८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु.८ लाख एवम् दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा रु.८० हजार रकम भुक्तानी गर्नेछ ।
नाबालिक यात्रुको हकमा बीमित क्षतिपूर्ति रकमको ५० प्रतिशत खर्च दिइनेछ । इनड्राइभ नेपाल कम्पनी रिप्रिजेन्टेटिभ पोखरेलले इनड्राइभमा प्रयोगकर्ताको सुरक्षा र कल्याण हाम्रो प्रमुख प्राथमिकता हो । यो बीमा सेवाले चालक र यात्रुलाई आत्मविश्वासका साथ यात्रा गर्न सहयोग गर्नेछ ।
प्रयोगकर्ता र चालक साझेदारको सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाइएको छ । यो बीमा योजनाले आवश्यक वित्तीय सुरक्षा प्रदान गर्दै नेपालमा सुरक्षित राइड–हेलिंग वातावरण निर्माण गर्ने प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ ।
Comments are closed.