इनड्राइभले ल्यायो ‘राइड टु सपोर्ट’ अभियान

काठमाडौं । विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म, इनड्राइभले नेपालमा ‘राइड टु सपोर्ट अभियान सुरु गरेको छ । यो अभियान स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने उद्देश्यले प्राथमिक विद्यालयमा खेलकुद संरचना र सुविधा सुधारमा केन्द्रीत रहेको छ ।

समुदाय–सञ्चालित यो पहल अन्तर्गत, इनड्राइभले मे महिनाभरी नेपालभर सञ्चालित प्रत्येक तेस्रो राइडबाट सङ्कलित भाडाको १० प्रतिशत रकम स्थानीय प्राथमिक विद्यालयमा खेल मैदानको मर्मत र खेलकुद सामग्री वितरणमा खर्च गर्नेछ । यस पहलमार्फत बास्केटबल, ब्याडमिन्टन र फुटसलजस्ता खेलका लागि आवश्यक किटहरू प्रदान गरिनेछ, जसले विद्यार्थीको शारीरिक विकास र सामाजिक सहभागिता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।

इनड्राइभको यो अभियानले स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउन र बालबालिकाको समग्र विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ । जसले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ । इनड्राइभको ‘राइड टु सपोर्ट’ अभियान केवल यात्राको सेवा मात्र नभई, समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ सङ्कल्पको हो । यो अभियान अन्याय र असमानतालाई चुनौती दिने कम्पनीको अटुट प्रतिबद्धताको प्रमाण हो । जुन सबै समुदायमा समावेशी विकास र सशक्तीकरणको भावना फैलाउन केन्द्रीत छ ।

यस अभियानअन्तर्गत, प्रत्येक तेस्रो राइडका साथ प्रयोगकर्ताले आफूलाई मात्र गन्तव्यमा पुर्याउने होइन, बरु समाजलाई अघि बढाउने एउटा सशक्त कदम पनि चालिरहेका हुन्छन् । उनीहरूको सानो योगदानले स्थानीय विद्यालयका खेलमैदानहरू सुधार गर्ने कार्यमा सहयोग पुग्छ । जसले बालबालिकालाई खेलकुदको माध्यमबाट आत्मविश्वास, अनुशासन र नेतृत्व सीप विकास गर्न प्रेरित गर्दछ ।

‘राइड टु सपोर्ट’ अभियानमार्फत इनड्राइभले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्दै बालबालिका र युवापुस्तालाई उज्वल भविष्यतर्फ उत्सुक गराउने प्रयास गरिरहेको छ । यस अभियानले यात्रालाई मात्र होइन, समावेशी विकासको दिशामा अगाडि बढ्ने यात्रा बनाएको छ ।इनड्राइभकी एपीएसी कम्युनिकेसन लीड पावित नन्द आनन्दले दृढतापूर्वक विश्वास गर्छौं कि ‘राइड टु सपोर्ट’ जस्ता उद्देश्य–केन्द्रीत पहलले समुदायलाई सकारात्मक रूपमा परिचालन गर्न सहयोग पुर्याउने बताइन् ।

अभियान अन्तर्गत सङ्कलित रकम प्राथमिक विद्यालयको खेलमैदान मर्मत तथा आवश्यक खेलकुद सामग्रीको आपूर्तिमा प्रयोग गरिनेछ ।यसले विद्यालयमा अध्ययनरत बालबालिकालाई सुरक्षित, समावेशी र गुणस्तरीय खेलकुद पूर्वाधारमा सहज पहुँच सुनिश्चित गर्नेछ ।

यस किसिमको पहलले सामाजिक असमानता विरुद्ध आवाज उठाउने र सेवाबाट वञ्चित समुदायका बालबालिकालाई समान अवसर प्रदान गर्ने इनड्राइभको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ । इनड्राइभले सबै प्रयोगकर्तालाई ‘राइड टु सपोर्ट’ अभियानमा सहभागी भई समाजमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरेको छ ।

You might also like

Comments are closed.