काठमाडौं । इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । यो कदम इनड्राइभको स्थानीय ड्राइभर पार्टनर्सप्रति समर्पण, शहरभरि राइडको लागि सेवाको गुणस्तर बढाउने र कम्युनिटी इनिसिएसनलाई सशक्त बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो ।
नयाँ कार्यालयले ड्राइभर पार्टनर्सलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाको लागि केन्द्रको रूपमा काम गर्नेछ । काठमाडौंस्थित नयाँ कार्यालयले ड्राइभर कम्युनिटीको सशक्तीकरण, राइडरको अनुभव सुधार, र स्थानीय स्तरमा सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्य बोकेको छ । यस कार्यालयमार्फत इनड्राइभले अब ड्राइभर सपोर्ट, सीप विकासका लागि तालिम कार्यक्रमहरू, समुदाय तथा सुरक्षा–केन्द्रीत अभियानहरू, साथै स्थानिय आवश्यकता अनुसार अनुकुलित मार्केटिङ र साझेदारी कार्यक्रमहरू सञ्चालन गर्नेछ ।
इनड्राइभका एपीएसी रिजनल डाइरेक्टर मार्क टोलीले भने, “हामी इनड्राइभमा, काठमाडौंमा ड्राइभर पार्टनर्स र स्थानीय समुदायका लागि अफिस खोल्न पाउँदा अत्यन्तै उत्साहित छौं, यो नयाँ कार्यालय कार्यस्थान मात्र नभई समर्थन केन्द्र हो, जहाँ ड्राइभर पार्टनर्सले आवश्यक सहयोग, मार्गदर्शन, तालिम तथा आत्मबल प्राप्त गर्न सक्छन्, यहाँ आएर इनड्राइभको अभिन्न हिस्सा भएको अनुभव गरुन्” ।
नयाँ कार्यालयमा नियमित प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ । चालकलाई व्यावसायिक रुपमा बढ्न, उच्चतम स्तरको सेवा प्रदान गर्न आवश्यक ज्ञान र जानकारी प्रदान गर्नेछ । चालकले कुनै समस्याको सामना गरेमा वा टिम मेम्बरसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहेमा सिधै कार्यालयमा जान सक्नेछन् ।नयाँ सुरुवातले नेपाली बजारप्रति इनड्राइभको दृढ र दीर्घकालीन प्रतिबद्धतालाई स्पष्ट रूपमा झल्काउँछ ।
इनड्राइभले उचित मूल्य निर्धारण र प्रयोगकर्तालाई प्राथमिकतामा राख्ने दृष्टिकोणको कारणले यात्रु र चालक दुवैको लागि द्रूत रूपमा मनपर्ने विकल्प बनेको छ । यही कारणले गर्दा यो प्लेटफर्म छोटो समयमा यात्रुहरू र चालकहरू दुबैको मन जित्न सफल भएको छ । नेपाली बजारमा इनड्राइभ लोकप्रियताको नयाँ स्तरमा पुग्दै गएको छ ।
स्थानीय आवश्यकतालाई बुझ्ने र समाधान दिने यसको क्षमतालाई प्रमाणित गर्छ । यस प्रयासमार्फत इनड्राइभले नेपालमा दीगो र समावेशी यातायात प्रणाली निर्माणमा योगदान पुर्याउने लक्ष्य लिएको छ । इनड्राइभ नेपालकी डाइरेक्टर रीता पोखरेल भन्छिन्,“नेपाल हाम्रो लागि एउटा महत्वपूर्ण र प्राथमिक बजार हो, काठमाडौंमा नयाँ कार्यालय स्थापना गर्नु भनेको नेपाली ड्राइभर पार्टनर्ससँग निरन्तर निर्माण गर्दै आएको विश्वास र सहकार्यको प्रतिक हो ।”
काठमाडौंमा कार्यालय सुरु गर्नु इनड्राइभको सम्मानलाई अझै अगाडि बढाउने एक महत्वपूर्ण कदम हो । यसले इनड्राइभलाई चालक–केन्द्रीत, पारदर्शी, र समुदाय–सञ्चालित मोबिलिटी प्लेटफर्मको रूपमा थप मजबुत बनाउँछ । इनड्राइभले नेपालमा ल्याएको निष्पक्ष, उचित मूल्य, र प्रयोगकर्तामैत्री मोडेल ल्याएको छ । छोटो समयमा आम जनमानसको विश्वास जित्दै लोकप्रियता हासिल गरेको छ ।
Comments are closed.