औद्योगिक मजदुर बचत तथा ऋण सहकारीको साधारण सभा तथा वनभोज कार्यक्रम

पोखरा । औद्योगिक मजदुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
औद्योगिक मजदुर बचत था ऋण सहकारीको १२ औँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम अन्नपूूर्ण गाउपालिका वडा नं ३ काडेमा पुस १६ गते शनिबार सम्पन्न भएको हो । उक्त कार्यक्रम औद्योगिक मजदुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद भट्टराई अध्यक्षतामा भएको थियो ।

त्यसैगरी, कार्यक्रमको प्रमूख अतिथिमा पोखारा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख किशोर कुमार पाण्डे रहेका थिए भने विशेष अतिथिमा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष सुरेश बहादर श्रेष्ठ थिए ।

त्यस्तै, कार्यक्रमको अतिथिमा पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशान अधिकृत काशीराम घिमिरे, समग्र उद्योग टे«ड युनियन गण्डकी प्रदेशका संयोजक धिरज गुरुङ, नेपाल कारखान श्रमिक संघका केन्द्रीय उमहासचिव केशवराज भट्टराई र अखिल नेपाल टे«ड यनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्रपसाद गौतम रहेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि, अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

साथै कार्यक्रममा सहकारीले  बचत तर्फ उत्कृट कारोबारमा संस्थाका सेयर सदस्य चन्द्रज्योति भट्टराई र  ऋण तर्फ उत्कृष्ट कारोबार  संस्थाकी सदस्य सरस्वती पोखरेललाई सम्मान गरेको हो ।

lcci
You might also like

Comments are closed.