काठमाडौं । इनफिनिक्सले नयाँ नोट ५० को ५जी प्लस नेपाली बजारमा ल्याएको छ । दमदार प्रदर्शन, आकर्षक डिजाइन र अत्याधुनिक फिचर सहितको यो स्मार्टफोन ८ जिबी प्लस २५६ जिबी भेरियन्ट ३१ हजार ९९९ मा पाइन्छ ।
नोट ५० को ५जी प्लसमा थ्रिडी 144Hz AMOLED डिस्प्ले रहेको छ । जसमा Corning® Gorilla® Glass सुरक्षा छ । यसले गेमिङ, स्ट्रिमिङ वा दैनिक प्रयोगका लागि जीवन्त रंग, सहज दृश्य र आरामदायी हेर्ने अनुभव प्रदान गर्छ । मिडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट चिपसेट र १६ जिबिसम्मको र्याम विस्तार गर्ने सुविधा भएकोले मल्टिटास्किङ र एप चलाउने गति निकै छिटो हुन्छ । २५ जिबि स्टोरेज भएकाले फोटो, भिडियो र एपहरू सजिलै राख्न सकिन्छ ।
६४ मेगापिक्सेल सोनी IMX682 मेन क्यामेराले फोरके भिडियो र स्पष्ट फोटो खिच्छ । १३ एमपि फ्रन्ट क्यामेराले राम्रो सेल्फी र भिडियो कलको मज्जा दिन्छ । ५२०० एमएएच ब्याट्री र ४५ वाट अल–राउन्ड फास्टचार्ज ३.० चार्जिङले लामो समयसम्म पावर दिन्छ । साथै आइपी ६४ स्प्ल्यासप्रूफ र टियुभी प्रमाणित ड्रप–रेजिस्टेन्ट भएकोले टिकाउपनमा पनि भर पर्न सकिन्छ ।
जेबिएल ट्युनिङको डुअल स्पिकरले संगीत, मूभि वा गेमिङमा धमाकेदार अडियो अनुभव दिन्छ । मरीन ब्लू, टाइटेनियम ग्रे र बरगंडी रातो रंगमा उपलब्ध छ । जसमा प्रिमियम फिनिश र आरामदायी ग्रिप छ । जो स्टाइलमा फरक देखिन्छ । इनफिनिक्स नोट ५० को ५जी प्लस अहिले नेपालभरका मोबाइल पसलमा ३१ हजार ९९९मा उपलब्ध छ ।
इनफिनिक्स मोबिलिटी एक स्मार्टफोन ब्राण्ड हो । जसले स्टाइलिश डिजाइन र भरपर्दो प्रदर्शनलाई पहुँचयोग्य मूल्यमा उपलब्ध गराउने उद्देश्य राख्छ । सन् २०१३ मा स्थापना भएको इनफिनिक्स अहिले ७० भन्दा बढी मुलुकमा विस्तार भइसकेको छ । विभिन्न प्रकारका प्रयोगकर्ताका लागि नवीनतम् डिभाइसहरू प्रदान गर्दै आएको छ ।
Comments are closed.