पत्रकारको निःशुल्क दुर्घटना बीमा

रामपुर ।

नेपाल पत्रकार महासङ्घ पाल्पाले पत्रकारको निःशुल्क दुर्घटना बिमा गरेको छ । शाखामा आबद्ध सदस्य तथा कर्मचारी गरी १०१ जनाको दुर्घटना तथा उपचार खर्च बिमा गरिएको हो ।

महासङ्घद्वारा प्रत्येक पत्रकारको रु एक लाख बिमाङ्कको दुर्घटना बिमा र रु १० हजार बराबरको उपचार खर्चसहितको बीमा गरिएको महासङ्घका अध्यक्ष रेखिराम रानाले बताए । महासङ्घले सेवा प्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता गरेको छ ।

jutta mela

बीमित व्यक्ति बिरामी भई उपचार गर्दा लागेको खर्चमा अधिकतम् रु १० हजार खर्च कम्पनीले बेहोर्ने छ भने कुनै पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा रु एक लाख कम्पनीले उपलब्ध गराउने महासङ्घका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले जानकारी दिए ।

You might also like

Comments are closed.