काठमाडौं । जीवन बीमा कम्पनीहरुले भोलि (शनिबार) पनि कार्यालय खुलै राख्ने भएका छन् ।
सम्पुर्ण जीवन बीमा कम्पनीहरुले सूचना जारी गर्दै शनिबार पनि कार्यालय खुला रहने जानकारी दिएका छन् ।
कम्पनीहरुले आर्थिक वर्षको अन्तिम दिन भोलि शनिबार पनि जीवन बीमा पोलिसी बिक्री गर्न कार्यालय खुला राख्ने भएका हुन् । बीमा कम्पनीहरुले भोलि अन्तिम समयसम्म पनि पोलिसी स्वीकृत गर्नेछन् ।
आर्थिक वर्षको अन्तिम दिन बीमा कम्पनी, अभिकर्ता र कर्मचारीको अग्नी परिक्षा हो । भोलिसम्ममा तोकिएको टार्गेट पुरा गरे मात्रै तोकिएको सेवा सुविधा लिन सकिन्छ ।
Comments are closed.