काठमाडौं । बीमा कम्पनीहरूले जेनजी आन्दोलनका क्रममा भएको भौतिक र अन्य क्षतिको लागि हालसम्म करिब ५ अर्ब ४८ करोड रुपैयाँ बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार, ३ हजार ३१६ वटा बीमा दाबीमा कुल २३ अर्ब ४७ करोड रुपैयाँ दाबी परेको थियो भने अग्रिम भुक्तानीसहित ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
बीमाको प्रकार अनुसार सम्पत्ति बीमा ७१२ दाबीमा ३ अर्ब ९३ करोड ५९ लाख, मोटर बीमा २ हजार ३२१ दाबीमा १ अर्ब ३९ करोड २५ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा २२६ दाबीमा ८ करोड ३६ लाख, परिवहन बीमा १२ दाबीमा १ करोड ५५ लाख र अन्य बीमा ४५ दाबीमा ५ करोड रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीले १४ निर्जीवन बीमा कम्पनीलाई करिब ३ अर्ब २ करोड अग्रिम भुक्तानीसहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ, जसमा कुल २ हजार ८६३ दाबीको रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको छ।



Comments are closed.