पशुपालनलाई प्रोत्साहन गर्न अनुदान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका चौतारा, साँगाचोकगढी नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाले पशुपालनतर्फ किसानलाई आकर्षित गर्न अनुदानको व्यवस्था गरेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि सुत्केरी गाई भैँसीका लागि पोषण प्रोत्साहन अनुदान दिने भएको हो ।

नगरपालिकाअन्तर्गतको पशु सेवा शाखाको कार्यक्रमअनुसार साउन १ गतेदेखि सुत्केरी भई दूध दिँदै गरेका गाई भैँसीलाई पोषण आहारका लागि प्रोत्साहन अनुदान उपलब्ध गराइने नगरपालिकाको पशु सेवा प्राविधिक रवीन्द्र सापकोटाले जानकारी दिए। गर्भिणी र सुत्केरी भएको बेला पशुलाई पनि पौष्टिक आहारको आवश्यकता पर्ने भएकाले नगरबाट अनुदान योजना ल्याइएको सापकोटाले बताए।

jutta mela

नगरपालिकाले प्रतिसुत्केरी गाईभैँसी बराबर रु दुई हजार पाँच सय नगद किसानलाई उपलब्ध गराउने छ । पोषण अनुदानका लागि किसानले सम्बन्धित वडाको सिफारिस पत्र, पशु बीमा पोलिसी प्रतिलिपि, सुत्केरी गाई वा भैँसीको बच्चासहितको रङ्गीन फोटो र सम्बन्धित पशुधनीको नागरिकताको प्रतिलिपि नगरपालिकाको पशु सेवा शाखामा बुझाउनु पर्नेछ ।

पाँचपोखरी थाङ्पाल गाँउपालिकामा भने पशु धन बीमा कार्यक्रम सुरू गरिएको छ । बीमा ऐन, २०४९ बमोजिम कारोबार गर्न इजाजत प्राप्त संस्थासँग गाउँपालिकाभरका कृषकले पालेका पशु चौपायाको बीमा गरिनेछ। बीमा शुल्क दर, बीमाका शर्त, बीमा समितिको निर्देशिका तथा परिपत्रबमोजिम हुने गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए।

पशु शाखाका प्रमुख माईसिहं तामाङका अनुसार गाउँपालिकाभित्र पशु धन बीमा गर्न इच्छुक पशुधनीले गाँउपालिकाले पशुधन बीमा गर्न सम्झौता गरेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत पशु चौपायाको बीमा गर्न सकिनेछ ।

You might also like

Comments are closed.