जीवन बीमा कम्पनीले तीन महिनामा उठाए ३५ अर्ब ७७ करोड बीमा शुल्क

काठमाडौं । नेपालमा कारोबार गरिरहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन्।

यसमध्ये पहिलोपटक बीमा गर्नेहरूले ७ अर्ब ९ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेका हुन् भने २८ अर्ब ६८ करोड १३ लाख रुपैयाँ नवीकरण शुल्क उठाएको बीमा प्राधिकरणले जानकारी दिएको छ।

प्रथम त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले १० अर्ब ४ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले ४ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको बिमा प्राधिकरणले जनाएको छ।

jutta mela

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ४ अर्ब ३८ करोड ४ लाख, राष्ट्रिय बीमा संस्थानले १ अर्ब ११ करोड ६७ लाख, मेट लाइफ इन्स्योरेन्सले १ अर्ब ३१ करोड १ लाख, एसियन लाइफ इन्स्योरेन्सले १ अर्ब ७४ करोड ३४ लाख, सुर्या लाइफ इन्स्योरेन्सले १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क उठाएका छन्।

त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सले एक अर्ब १६ करोड १४ लाख, युनियन लाइफ इन्स्योरेन्सले १ अर्ब ९१ करोड ४२ लाख, सन नेपाल लाइफले १ अर्ब ८१ लाख र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

You might also like

Comments are closed.