आत्मनिर्भर लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति

 

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशनका लागि अनुमाति पाएको छ ।

संस्थाले नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासनका लागि पुस १७ गते बोर्डबाट अनुमति आईपीओ निष्काशनका लागि अनुमति पाएको हो ।

हाल संस्थापक तर्फ ४ करोड २० लाख चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेपछि चुक्तापूँजी ६ करोड २३ लाख ३८ हजार पुग्नेछ। कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ।

You might also like

Comments are closed.