पालुन खोला हाईड्रोपावरको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । पालुन खोला हाईड्रोपावर कम्पनीको सेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ ।

हाईड्रोपावरले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो नियुक्ति सम्बन्धी सम्झौता आज भएको छ । सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउँपालिकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

You might also like

Comments are closed.