काठमाडौं। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले विदेशमा कार्यरत नेपालीहरुका लागि माघ १६ गते र आम सर्वसाधारणका लागि फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले कूल २ करोड ३ लाख ३८ हजार रुपियाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमध्ये नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता, कर्मचारीहरुका लागि ३ हजार १ सय १७ कित्ता र सामुहिक लगानी कोषहरुलाई १० हजार १ सय ७० कित्ता सामुहिक लगानी छुट्याईएको छ। बाँकी रहेको १ लाख ६९ हजार सात सय ५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा नेपाली श्रमिकले माघ १६ गतेदेखि फागुन १ गतेसम्म र आम सर्बसाधारणहरुले फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
Comments are closed.