काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि निष्काशन खुला गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। आज कार्यालय समयभित्र आईपीओमा आवेदन दिन पाइने छ।
हिजोसम्म १२ लाखको आवेदन परेको र आज पनि आवेदन पर्ने क्रम जारी रहेको छ। कम्पनीले कूल ८ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर आईपीओ निष्काशन खुला गरेको छ।
५४ हजार कित्ता सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता सेयर छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।
सर्वसाधारणका लागि निष्काशन खुला गर्न लागिएको उक्त आईपीओ ८९ हजार ६ सय ४० जनाले १०–१० कित्ताका दरले पाउने छन् । १२–१५ लाख बढीले भर्ने हुँदा उक्त कम्पनीको आईपीओ १० कित्तामात्रै भर्नु उपयुक्त हुनेछ।
Comments are closed.