काठमाडौं । कृति भेञ्चर फन्ड लिमिटेडले सर्वसाधारणको लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णय अनुसार प्रिमियम मूल्यमा आईपीओ बिक्री खुलाउने निर्णय गर्न माघ २२ गते विशेष साधारण सभा बोलाएको छ ।
यो विभिन्न कम्पनीहरुमा लगानी गर्ने कोष हो । कोषले राम्रो योजना र सम्भावनासहित स्थापना भएका उद्यम र अन्य प्रकारका व्यवसायमा लगानी गर्दै आइरहेको छ ।
भेञ्चरको पोर्टफोलियामा अनलाईन फूड डेलिभरी कम्पनी फूडमान्डु, ह्वाइट लोटस मोटर्स, नेपाल वेयरहाउसिङ कम्पनी, पशुपति रिन्यूयबल्स, वाइस याक लगायतका कम्पनीसँगै काठमाडौंका विभिन्न ठाउँमा रहेको रियलस्टेट समेत सामेल भएका छन् ।
Comments are closed.