सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

काठमाडौं ।सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनिले माघ २३ गतेदेखि सर्वसाधारणका लागि ४ लाख १५ हजार कित्ता प्राथमिक सेयर (आइपीओ ) निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो र सोही अनुसार कम्पनीले २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने १० हजार कित्ता सेयर कर्मचारीहरूका लागि  र बाँकी रहेको ४ लाख १५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आइपीओ निष्कासन गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ खरिदका लागि माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि फागुन ८ गतेसम्म लम्बिने कम्पनीले बताएकाे छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

You might also like

Comments are closed.