माया खोला हाइड्रोपावरको आइपीओ आजबाट खुला

काठमाडौं  । सर्वसाधारणका लागि माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ आजबाट खुलेको छ । सर्वसाधारणका लागि १९ लाख ९२ कित्ता सेयर माघ १३ गते शुक्रबारबाट आइपीओ खुला गरेको हाे  ।

कम्पनीले कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याई बाँकी रहेको १९ लाख ९२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

यो आइपीओको निष्कासन बन्द छिटोमा माघ १७ गते हुने छ। यो अवधिमा तोकिएको अवधिसम्ममा उक्त सेयर बिक्री नभएको खण्डमा निष्कासन अवधि माघ २७ गतेसम्म लम्बिने छ।

कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई यस अघि निष्कासन गरिसकेको छ।

न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आइपीओ खरिद आवेदन दिन पाउने छन् ।आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ। ्

You might also like
Ram Tulasi Palpa

Comments are closed.