मोलुङ हाइड्रोपावरको आइपीओ आजबाट खुला

काठमाडौं ।  सर्वसाधारणका लागि मोलुङ हाइड्रोपावरको आइपीओ आजबाट खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि फागुन ४ गते बिहीबारदेखि २७ लाख २८ हजार ५०० कित्ता आइपीओ बिक्री जारी खुला गरेको हो ।

लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताहरुले उक्त आइपीओका लागि  फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

जसमध्ये कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये कम्पनीले १० प्रतिशत अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। सनराइज क्यापिटल यो आईपीओकाे बिक्री प्रबन्धक रहेको छ ।

You might also like

Comments are closed.