काठमाडौं । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि दोल्ती पावर कम्पनीले आजदेखि आइपीओ खुला भएको छ ।
कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख रुपैयाँको १० प्रतिशत सेयर ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
यसमध्ये, नौमुले र कालिका गाउँपालिकाका स्थानीय बासिन्दाका लागि २ लाख ४८ हजार ३४३ कित्ता सेयर बिक्री हुनेछ । यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर छुट्याइएको छ ।
सर्वसाधारणतर्फ छुट्याइएको सेयरको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेकालाई छुट्याइएको छ ।कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरूलाई १ लाख ७ हजार २९२ कित्ता सेयर विनियोजन गरेको छ । कम्पनीले दैलेखमा ४.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
Comments are closed.