सर्वसाधरणका लागि सगरमाथा जलविद्युतको आइपीओ भोलि खुल्दै

काठमाडौं ।  सगरमाथा जलविद्युत कम्पनीले बुधबार सर्वसाधरणका लागि आइपीओ खुला गर्ने भएको छ ।

कम्पनीले बुधबार चैत ८ गतेदेखि ४३ करोड ६८ लाख रुपियाँ बराबरको ४३ लाख ६८ हजार कित्ता आइपीओ सर्वसाधारणका खुला गर्न लागेको हो ।

यस अघि कम्पनीले ४ लाख लाख ३६ हजार ८०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २ लाख १८ हजार ४ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र १ लाख ३१ हजार ४० कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ । बाँकी ३५ लाख ८१ हजार ७ सय ६० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछ । उक्त आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आइपीओमा सर्वसाधरणलाई १० /१० कित्ताका दरले बाडिने कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि छुट्याइएको उक्त सेयर ३ लाख ५८ हजार १ सय ७६ जनाले पाउने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.