मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ। एनआइसी एशिया क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपीओ मंगलबार बाँडफाँट भएको हो ।

उक्त आइपीओमा रितपूर्वक १६ हजार ८०७ जना आवेदकहरूबाट ४ लाख ३७ हजार ९१० कित्ता सेयरका लागि आवेदन प्राप्त भएकोमा गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि एक हजार कित्ता सेयर माग गर्ने १० हजार ८५१ जना आवेदनकर्ता छनौट गरी १० कित्ताको दरले १ लाख ८ हजार ५१० कित्ता सेर बाँडफाँड गरिएको हो।

बाँकी रहेको ७ कित्ता सेयर २० कित्तादेखि एक हजार कित्ता सेयर आवेदन गर्ने आवेदकहरूमध्ये सेयर पर्न सफल आवेदकहरूलाई पुनः गोलाप्रथाको माध्यमबाट थप १ कित्ता सेयरका दरले ७ कित्ता सेयर ७ जना आवेदकहरूलाई बाँडफाँट गरिएको हो।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्याइएको साधारण सेयर फागुन १० गतेदेखि फागुन २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो।

 

You might also like

Comments are closed.