मकर जितुमाया सुरी हाईड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले स्थानीयबासी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुमा निष्काशीत सेयरको  आज बाँडफाँड भएको छ ।

कम्पनीले स्थानीयबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७ लाख ६० लाख कित्ता सेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १ लाख ५२ हजार कित्ता सेयर कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बिहीबार बाँडफाँड सम्पन्न भएको हो ।

मागभन्दा बढी आवेदन परेको कारण आइपीओ गोलाप्रथाबाट बाडफाड गरीएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थायी बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९ हजार ९९० कित्तासम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३ हजार ५१४ आवेदकहरुलार्ई जम्मा ६लाख ७८ हजार ६०० कित्ता सेयर बाडफाड भएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २ हजार १० कित्तासम्म आबेदन दिने १५ हजार ४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्तादेखि २ हजार १० कित्तासम्म आवेदन दिने १२ हजार ११७ जनामध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँड भएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट र सडिएससिको वेवसाइटबाट हेर्न सकिने छ ।

You might also like

Comments are closed.