काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओका लागि माग भन्दा ८.७४ गुणा बढी आवेदन परेका छन् । सीडीएसका अनुसार मंगलबारसम्म १० लाख ५९ हजार ९३९ जनाले १ करोड २१ लाख ९६ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८.७४ गुणा बढी आवेदन हो । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।
हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा बुधबारसम्म आवेदन दिन सकिनेछ ।
Comments are closed.