अभियान लघुवित्त र सिक्लेस हाइड्रोपावरले पाए आईपीओ निष्कासनको अनुमति

काठमाडौं । दुई कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) अभियान लघुवित्त र सिक्लेस हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

सेबोनले सिक्लेसलाई गत असार २३ गते र अभियान लघुवित्तलाई असर २४ गते आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

सेबोनले अभियान लघुवित्तलाई १०० अंकित दरका कुल ९ लाख ९७ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ भने सिक्लेस हाइड्रोपावरले चुक्तापुँजीको २३.५३ प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

अभियान लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ भने सिक्लेस हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।

You might also like

Comments are closed.