सयपत्री हाइड्रोपावरले आइपिओ बिक्री खुला गर्दै

काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीले साउन १३ गतेदेखि सर्वसाधारण समूहको आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १३ गतेदेखि ७ लाख २१ हजार ६० कित्ता आइपिओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले सर्वसाधारण समूहको ६ लाख कित्तामध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको एक लाख २१ हजार ६० कित्तासमेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता जारी गर्ने भएको हो ।

उक्त सेयर मध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सामुहिक लगानीकोष र २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्तादेखि ३० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताहरुले मेरो सेयरको अनलाइन एप्लिकेसनका साथै सि-आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्ने छन् ।

You might also like

Comments are closed.