काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ आज बाँडफाट हुने भएको छ ।
मंगलबार दिउँसो ४ बजे बाँडफाँट हुने बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडलले जनाएको छ । मन्दाकिनी हाइड्रोपावरले खोलेको आइपीओमा १६ लाख १० हजार ९२६ जनाले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले भने सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता मात्र खुलाएको थियो ।मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
Comments are closed.