अभियान लघुवित्तको आईपीओ भर्ने आज आन्तिम दिन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ भर्ने आज आन्तिम दिन हो । यही साउन १८ देखि बिक्री खुला गरेको कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ९ करोड ७५ लाख रुपैयाँबराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको छ ।

कम्पनीको सेयरमा सर्वसाधारणले कम्तिमा १० र बढीमा तीन हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ छ ।

आईपीओ बाँडफाँडपछि चुक्ता पुँजी २५ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

You might also like

Comments are closed.